Logo
Logo

गोंगबु हत्या प्रकरण, कल्पनालाई जन्मकैद सजायको माग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ भदौं
तीन साताअघि गोंगबुमा कृष्णबहादुर बोहराको बिभत्स हत्या योजनाबद्ध भएको निष्कर्ष निकाल्दै प्रहरीले प्रमुख अभियुक्तलाई जन्मकैद सजायको माग गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान पुरा गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।


प्रतिवेदनमा हत्या मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ बर्षीय कल्पना भुडभरी(पौडेल)लाई जन्म कैद सजायको माग गरिएको छ । शव व्यवस्थापनका सहयोगी भनिएका उनकी १५ बर्षीय छोरीलाई भने जन्म कैदको दुई तिहाई सजाय माग गरिएको छ ।
परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले सो घटनाको अनुसन्धान पूरा गरेर अनुसन्धान प्रतिवेदन बुझाइएको बताए ।
गत २४ साउनमा राती पौडेलले रोल्पा रुन्तीगढीका ४५ बर्षीय बोहराको हत्या गरी खुट्टा र हातखुट्टा काटेर बोरो तथा सुटकेशमा राखेर फालेकी थिइन् । आफ्नै डेरामा बोलाई बेहोस बनाएर अन्डकोषमा हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । शव बोक्न नसकेपछि टुक्रा पारेर फाल्नुपरेको अभियुक्तको बयान छ । अभियुक्त पौडेलले अभियोग स्वीकार गरी साबिती बयान दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्