काठमाडौं, १३ भदौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई नाघेको छ । शनिबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ । ज्यान गुमाउनेमध्ये तीन महिला र ९ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
यस्तैै, शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २४२ महिला र ६४२ पुरुष रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ११ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दा ८८४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुुनेको संख्या २० हजार ५५५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ६९ हजार ६३६ पुगेको छ । हाल क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् भने संक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ ।