काठमाडौं, १४ भदौ ।
भारतमा कोरोना संक्रमणको नयँ रेकर्ड बनको छ । एकै दिन सर्वाधिक संक्रमणको रेकर्ड भारतमा बनेको हो ।
शनिबार भारतमा ७८ हजार ७ सय ७१ जनामा संक्रमण देखिएको छ । कुनै पनि देशमा अहिलेसम्म यती ठूलो संख्यामा एकै दिन संक्रमण देखिएको थिएन ।
भारतमा केही सातायता दैनिक ७० हजार भन्दा धेरै संक्रमित बढेका छन् ।
भारतमा हालसम्म ३५ लाख ४२ हजारमा संक्रमण भइसकेको छ । सबैभन्दा धेरै अमेरिकामा ६१ लख ३९ हजार तथा ब्राजिलमा ३८ लाख ४६ हजार छन् । अहिलेकै संक्रमण दरका आधारमा भारत विश्वमै सर्वाधिक संक्रमित हुने देश बन्ने आँकलन गरिएको छ ।
भारतमा यसरी उच्च संक्रमण हुँदा त्यसको जोखिम नेपालमा समेत छ । खुला सीमानाका कारण भारतबाट संक्रमितहरु नेपाल प्रबेश गरिरहेका छन् ।