Logo
Logo

पत्रकारमाथि प्रहरी ज्यादती, निषेधाज्ञामा प्रेसको दुरुपयोग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ भदौ । हिजो आज साँझ करिब ५ बजेतिर दृष्टि स्तम्भकार रमेश घिमिरेमाथि प्रहरीले दुव्र्यवहार गरेको छ ।

रमेश घिमिरे

स्तम्भकार घिमिरेका अनुसार, काठमाडौं महानगरपालिका वडा नं ५ लामोढुंगामा एउटा बा१५च ६६२३ नम्बरको सेतो मिडियाको स्टिकर टाँसिएको कारले ठूलो आवाजका साथ ब्रेक लगाउँदछ र कारभित्रबाट ठूलो कोलाहलको आवाज आएपछि कार रोकिन्छ । स्वभावतः पत्रकार भएको नाताले कुन मिडियाको गाडीरहेछ भनी बुझ्न स्तम्भकार घिमिरे घर अगाडि रहेको घटनास्थलमा पुग्दछन् । त्यसबीच अन्य प्रहरी दलबदलका साथ गहनापोखरी प्रहरी बिटका इन्चार्ज सई दीपक बोहरा आइपुग्दछन् । स्तम्भकार घिमिरेलगायत त्यहाँ उपस्थित आम जनसमुदायले प्रेसपास चेक गर्नुस् भनी सईलाई अनुरोध गर्दा तपाईँहरु को हो सोध्ने भनी घिमिरेमाथि दुव्र्यवहार गरेको बताउनुभयो ।

यसैबीच कार चालक कुशल खड्काले आफ्नो कारमा टाँसेको मिडियापर्सन लेखेको स्टिकर हटाएर घिमिरेमाथि जाइलाग्दासमेत प्रहरी मुकदर्शक भइ खड्काको पक्ष लिएको घिमिरेले बताउनुभयो । सई बोहराले प्रेसपास चेक जाँच नगरीकन सो गाडीलाई छोडिदिएका थिए ।

घटनाको लगभग एक घण्टापछि मालीगाउँ प्रहरी वृत्तका डिएसपी खुमलाल भुसालले स्तम्भकार घिमिरेसँग प्रहरीद्वारा भएको व्यवहारप्रति क्षमायाचना गरेको उहाँले बताउनुभयो । सो गाडीमा एक महिला र एक पुरुष मादक पदार्थसेवन गरेको अवस्थामा थिए ।

निषेधाज्ञाको अवधिमा प्रेसको दुरुपयोग बढ्र्दै गएको छ । सडकमा प्रेस टाँसिएका चिल्ला कारहरु बाक्लो गरी गुडिरहेका छन् । पत्रकार महासंघले समेत प्रेसको दुरुपयोग बढेको भन्दै सुरक्षा निकाय एवं सम्बन्धीत निकायलाई ध्यानाकर्षण गरेकै दिन आइतबार प्रेसको दुरुपयोग नहोस् भन्ने हेतुले उक्त कार चेक जाँचको आग्रह गर्दा उल्टै आफूलाई नै थर्काएको घिमिरेले बताए । उक्त कारण सक्कली प्रेस पर्सन नै पनि हुन सक्थ्यो । तर, चेक जाँच गर्ने अधिकार प्रहरीसँग छ ।

प्रतिक्रिया दिनुहोस्