- माथवरसिंह बस्नेत
नेपाली राजनीतिमा अहिले पनि “गिरिजा सिन्ड्रोम” व्यापक रुपमा संक्रमित भइरहेको छ । “पनि” किन भनेको हो भने गिरिजा प्रवृत्ति भनेर चिनिने त्यो सिन्ड्रोमले उस बेला राजनीतिको कोर्स नै परिवर्तन गरेको थियो । त्यो कोर्स थियो, राजनीतिक स्थायित्व र विकासको उज्यालो संभावनातिर बढ्न लागेको निश्चयात्मक अग्रगमनलाई बलात् पछाडि मोड्ने संक्रमण । भनिरहन पर्दैन, त्यस्तो संक्रमणको पहिचान त्यो रोगको लक्षणबाटै हुन्छ, जुन यत्ति बेला पनि उत्ति बेलाकै जस्तो राजनीतिक दल र त्यसका नेताहरुमा मात्र होइन, राष्ट्रिय जीवनका सबै क्षेत्रमा त्यो रोग तीव्र गतिमा संक्रमित भइरहेको छ । त्यसका लक्षण पनि विचित्रका छन् । जुन नाङ्गो आँखाले देखिन्छ, भित्रबाट त्यो हुँदैन । अनि, भित्र जे हुन्छ, त्यो बाहिर प्रष्ट देखिन्न । त्यसका घातक लक्षण, समय र परिवेश अनुसार बेग्लै प्रकारले प्रकट हुने गर्दछन् । चीनमा उत्पन्न भएर फैलिएको कोरोना भाइरस वैश्विक महाव्याधीमा परिणत भएजस्तै त्यो सिन्ड्रोम पनि नेपाली राजनीतिका साना ठूला सबै दलमा महामारी बनेर संक्रमित भएको छ । त्यसको दुस्प्रभावबाट कुनै दल र क्षेत्र मुक्त छैनन् । सबै दलका नेतालाई त्यसले आक्रान्त पारेकाले उनीहरुका माध्यमबाट अरु क्षेत्रमा पनि त्यो संक्रमित हुन पुगेको हो । त्यो अस्वभाविक पटक्कै होइन, किनभने राष्ट्रिय राजनीतिको स्वरुप जस्तो हुन्छ, बाँकी यावत् अंग–प्रत्यंगको अवस्था पनि त्यस्तै हुन्छ । त्यो यसकारण कि ती सबैलाई चलायमान तुल्याउने मुख्य तत्व, अर्थात् इन्जिन भनेकै राजनीति हो । त्यसैले हाम्रो शास्त्रले भनेको छ, नीति नाम श्रेष्ठ, राजनीति । त्यसको अर्थ हो, नीतिहरुमा सबैभन्दा श्रेष्ठ राजनीति हो । त्यही राजनीति प्रदूषित भएपछि के प्रशासन, के प्रहरी, के सेना के अदालत सबै त्यसको कालो छायाँमा पर्छन् । अहिले ती सबैको नकारात्मक परिणाम झेल्न नेपाली जनता अभिशप्त बनेका छन् । वर्तमानको तीतो यथार्थ त्यही हो ।
गिरिजा सिन्ड्रोमको मुख्य पहिचान भनेको राजनीतिबाट आदर्श र सिद्धान्त हराउनु र व्यक्तिगत स्वार्थ हावी हुनु हो । राष्ट्र र पार्टी हाँक्ने नेतृत्वको विचार र व्यवहारमा चरम विरोधाभाष देखापर्नु, लक्ष्य, उद्देश्य र कार्यक्रमका बीचमा पनि कुनै प्रकारको तालमेल र सामञ्जस्य नहुनु, अनि, अन्योल, अव्यवस्था र अराजकता व्यापक बनेर देश फेरि अस्थिरताको दलदलमा भाँसिनुको द्योतक हो त्यो सिन्ड्रोम अथवा प्रवृत्ति । अझ स्पष्ट शब्दमा भन्नुपर्दा ऐतिहासिक जनआन्दोलनले निर्दिष्ट गरेको दिशामा राष्ट्रलाई डो¥याउने जनादेश पाएको नेतृत्व, सत्ता र शक्तिमा पुग्नेवित्तिकै जुन आदर्श र सिद्धान्तले त्यहाँ पु¥याएको हो, त्यसैलाई ध्वस्त पारेर सत्ताको आडमा वरिष्ठ नेताहरुलाई समेत पन्छाएर पार्टी पनि कब्जा गर्नतिर लाग्यो ।
गिरिजा सिन्ड्रोमको मुख्य पहिचान भनेको राजनीतिबाट आदर्श र सिद्धान्त हराउनु र व्यक्तिगत स्वार्थ हावी हुनु हो । राष्ट्र र पार्टी हाँक्ने नेतृत्वको विचार र व्यवहारमा चरम विरोधाभाष देखापर्नु, लक्ष्य, उद्देश्य र कार्यक्रमका बीचमा पनि कुनै प्रकारको तालमेल र सामञ्जस्य नहुनु, अनि, अन्योल, अव्यवस्था र अराजकता व्यापक बनेर देश फेरि अस्थिरताको दलदलमा भाँसिनुको द्योतक हो त्यो सिन्ड्रोम अथवा प्रवृत्ति । अझ स्पष्ट शब्दमा भन्नुपर्दा ऐतिहासिक जनआन्दोलनले निर्दिष्ट गरेको दिशामा राष्ट्रलाई डो¥याउने जनादेश पाएको नेतृत्व, सत्ता र शक्तिमा पुग्नेवित्तिकै जुन आदर्श र सिद्धान्तले त्यहाँ पु¥याएको हो, त्यसैलाई ध्वस्त पारेर सत्ताको आडमा वरिष्ठ नेताहरुलाई समेत पन्छाएर पार्टी पनि कब्जा गर्नतिर लाग्यो । त्यसका लागि पार्टी भित्र र बाहिरका शक्तिलाई मात्र गुहारेर नपुगेर देश बाहिरका शक्तिको पनि सहयोग जुटाउनुपरेको थियो । आफ्ना पार्टीका नेताहरुलाई किनारा लगाउन विदेशी गुहार्नुको परिणाम कति आत्मघाति हुनपुग्यो भन्ने कुरा त्यसको परिणामले देखाएकै छ । आफू सत्तामा पुगेपछि सरकार र पार्टी दुवैमाथि कब्जा जमाउन पार्टीका प्रभावशाली नेताहरुलाई छानिछानि सिध्याउन कार्यकर्ताको विशाल जमात र बाहुबलीको ठूलो संख्या आवश्यक हुने नै भयो । आफ्नै पार्टीभित्र शक्ति प्रदर्शन गर्न चाहिने अकूत द्रव्य संकलन गर्न परेपछि भ्रष्टाचारका साँढेलाई सिंहदरबारमा खुला छाड्नै प¥यो । त्यसबाट देशमा भ्रष्टाचारको जुन नाङ्गो नाच चल्यो, त्यसप्रति यो देशका भुक्तभोगी कोही पनि बेखवर छैनन् । त्यसैले थप प्रकाश पार्न आवश्यक छैन । यत्ति भनौं कि त्यो सिन्ड्रोमको एउटा विशेषता भनेकै भ्रष्टाचारको पुनरागमन थियो ।
त्यसको अर्को महत्वपूर्ण पाटो थियो कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर ? त्यो प्रश्न, तत्कालीन राजनीतिक परिवेशमा जोडतोडले उठ्ेको थियो । दुर्भाग्यले त्यसको जवाफ कतैबाट आएको थिएन । तथाकथित बुद्धिजीवीहरुले पनि जवाफ खोज्ने खाँचोबोध गरेका थिएनन् । किनभने, उनीहरु पनि प्रजातन्त्रका आदर्शप्रति निष्ठावान् भएर कांग्रेसका नजिक पुगेका थिएनन्, आफ्नो निजी स्वार्थ पूरा गर्ने हिडेन एजेन्डा बोकेर कांग्रेस समर्थक भएका थिए । त्यसैले आदर्श र सिद्धान्तप्रति आँखा चिम्लिनुलाई नै उनीहरुले सत्तामा पुग्ने “सर्टकट” ठाने । बरु, वामपन्थी बुद्धिजीवीहरुले पुच्छरले कुकुर हल्लाउने अस्वभाविक अभ्यासको विरोध गरेर गोहीको आँसु बहाएका थिए । अहिले त्यही प्रश्न नेकपातिर तेर्सिएको छ । पार्टीको आदर्श र सिद्धान्त, ओली र दाहालले पहिले नै पोलेर खाएकै थिए, विधान र प्रक्रिया पनि सहमतिका नाममा दुई नेताको लंगौटी सावित हुन पुग्दा पनि वामपन्थी बुद्धिजीवीहरु मौन बसेको देखेपछि उस बेलाको उनीहरुको विरोध गोहीकै आँसु भएको प्रमाणित हुन पुगेको थियो ।
संक्षेपमा, खड्गप्रसाद ओली नेतृत्वको नेकपाले संघीय संसदमा झण्डै दुई तिहाईको बहुमत ल्याएको कारण थियो, २०५१ सालमा गिरिजाप्रसादले गराएको मध्यावधि निर्वाचनले उत्पन्न गरेको राजनीतिक अस्थिरताको लामो र्शंखलाको अन्त्यका लागि थियो । वास्तवमा जसले नेपालको राजनीतिक अस्थिरताको आगोमा आफ्नो रोटी सेक्न चाहिने सम्पूर्ण योजना तयार पारेर उनलाई टक्राएको थियो, उसैले दुई तिहाई बहुमतको स्वर्ण मृग देखाएर गिरिजालाई आश्वस्त मात्र तुल्याएको थिएन, ग्यारेन्टी पनि दिलाएको थियो । परिणाम उनका लागि उल्टो भयो तर, अरुका निम्ति सुल्टै थियो । त्यसैले माओवादीको उत्थान र काठमाडौं दरबारबाट दिल्ली दरबारमा चमत्कारिक प्रवेशको कलावाजीबाट उत्पन्न अशान्ति र अराजकताजन्य अस्थिरताले १२ बुँदे दिल्ली सम्झौता संभव तुल्याएको कसैबाट छिपेको छैन । त्यही मार्गचित्र अनुसार संविधानसभाले नयाँ संविधान निर्माण गरेको थियो र त्यसको मूल उद्देश्य पनि राजनीतिक स्थिरतालाई सुनिश्चित गर्नु थियो । त्यो संविधान अन्तरगत भएको पहिलो निर्वाचनको मुखमा एमाले र माओवादी मिलेर नेकपा गठवन्धनमा यसकारण जुटेका थिए कि राजनीतिक स्थिरता प्रदान गर्न चाहिने बहुमत प्राप्त गर्न सकियोस् । नेपालको पछौटेपन र नाङ्गो भ्रष्टाचार रोक्न सबैेभन्दा ठूला भ्रष्टाचारीलाई नै सरकारको साँचो सुम्पियो भने गरीव जनताको सम्पत्ति चोरी हुन रोकिने विश्वास जनताले गरेका थिए र लगभग दुई तिहाई बहुमत प्रदान गरेका थिए । तर विगत ५।६ महिनायताका घटनाक्रमलाई हेर्ने हो भने नेकपाभित्रको सत्ता संघर्षलाई दृष्टिगत गर्दा ढिलोचाँडो त्यसको विभाजनलाई कसैले रोक्नसक्ने देखिन्न । श्रृष्टीकर्ताकै कुदृष्टि परेपछि कसको के लाग्छ ! हो, अहिले सत्तामा प्रगतिशील कम्युनिष्ट पार्टी छ, प्रतिक्रियावादी कांग्रेस प्रतिपक्षमा छ, त्यो पनि नगन्य हैसियतमा । तर त्यही गिरिजा सिन्ड्रोमको संक्रमणका कारण उहिले र अहिलेको राजनीतिक परिदृश्य सिनेमाको रिल रिप्ले गरेजस्तो हुनपुगेको छ । कतिसम्म भने हिजो गिरिजा नेतृत्वको कांग्रेसको सरकारले पार्टीलाई हाँक्न खोज्दा उठेका जुन प्रश्न र प्रवृत्ति थिए, अहिले ओली नेतृत्वको नेकपाको सरकारले हुबहु त्यही दोहो¥याएपछि आर्यघाट नपुगि तानावाना नबुझाउने र आफूले छाड्नु परे पार्टी नै फुटाउने घोर प्रतिक्रियावादी प्रवृत्तिको पनि संक्रमण भइसकेको तथ्य मेनिफेस्टेसन हुनपुगेकै छ । त्यसका लक्षणहरुले पनि कामरेड ओली नेतृत्वको नेकपामा गिरिजा सिन्ड्रोम पूरै संक्रमित भएको पुष्टि हुन्छ । अब केवल परिणाम देखिन बाँकी छ ।