- अशोकशरण अधिकारी
काठमाडौं, १६ भदौ । कोरोना संक्रमणले विश्वव्यापी महामारी फैलिएको बखत अमेरिकी डलरको भाउ आकाशियो । उता, सुनको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुग्यो । तर, अहिले सुनको भाउमा खासै ठूलो ओरालोको अवस्था नदेखिए पनि डलरको भाउ स्वात्तै घटेको छ । केही महिना अघिको तुलनामा यतिखेर नेपाली रूपैयाँ समेत डलरको विनिमयदरको आधारमा बलियो देखिएको छ ।
कोरोना बिरुद्धको खोपसँग पनि जोडेर हेर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार खर्बौं डलरको व्यापार हुने कोरोना बिरुद्धको खोपको विकास जुन देश वा क्षेत्रमा हुन्छ, त्यहि अनुपातमा अर्थतन्त्रको पनि बिस्तार र सङ्कुचन आउने उनीहरू बताउँछन् । यतिखेर अधिकांश खोपको समाचार अमेरिका बाहेकका देशहरूबाट आएकाले पनि डलरको भाउ घट्न सहयोग पु¥याएको उनीहरूको ठहर छ । डलरको मूल्य घट्दा सामान्यतयाः हाम्रो जस्तो आयातमुखी देशलाई फाइदा हुन्छ । आयातित सामानको मूल्य भुक्तानीमा थोरै परिमाणको डलर भुक्तानीले पुग्छ । साथै, विदेशबाट मगाइएका सामान पनि तुलनात्मक रूपमा सस्तो हुन जान्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर स्वदेशमै उत्पादन हुने सामान पनि तुलनात्मक रूपमा सस्तो हुनेछन् ।
सुन र डलरको भाउ सदैव विश्व बजारमा आउने उतार चढावले निर्धारण गर्छ । तर हाम्रो सन्दर्भमा भारतीय अर्थतन्त्र र बजारमा आउने उतार चढावले नै त्यसको मूल्य निर्धारण गर्छ । विशेषगरी पछिल्लो केही सातादेखि भारतीय रूपैयाँको अमेरिकी डलरसँगको विनिमय दरमा देखपरेको सुधारले नेपाली रूपैयाँको तुलनामा डलरको भाउ घटेको हो ।
यसअघि एक अमेरिकी डलरको भाउ एक सय २० रूपैयाँ नाघेको थियो । तर, हिजो सोमबारसम्म आइपुग्दा उक्त दर घटेर एक सय १७ रूपैयाँ ७२ पैसामा झरेको छ । कोरोनाको कारण छिमेकी भारतीय अर्थन्त्रमा चार महिनासम्म देखिएको शिथिलता पश्चात् उकासिएपछि डलरको तुलनामा भारतीय रूपैयाँको भाउ पनि बढेको हो । स्थीर विनियम दरका कारण भारतीय रूपैयाँको भाउ बढेपछि नेपाली रुपैयाँको भाउ पनि अमेरिकी डलरको तुलनामा बलियो हुन पुगेको हो ।
उता विश्व अर्थतन्त्र र बजारलाई हेर्दा कोरोनाको कारण आयात र निर्यात दुबै व्यापारमा निकै असर परेको चीनको अर्थतन्त्र पनि बिस्तारै उकासिएको छ । चीन विश्वमा दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । यसको अर्थतन्त्रमा देखापर्ने सामान्य उतार चढावले पनि विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पार्दछ ।
त्यसैगरी, पहिलो अर्थतन्त्रको रूपमा रहेको अमेरिकामा पर्ने प्रभावले झन् बढी असर पार्ने नै भयो । त्यसैले पछिल्लो केहि महिनादेखि डलर र सुनको भाउ दुबै माथि गएको थियो । तर अहिले बिस्तारै घट्न थालेको छ । कोरोना महामारीले विश्वका ठूला लगानीकर्ताहरूमा सुन तथा डलरप्रतिको लगानीको झुकाव ह्वात्तै बढाएको थियो । अहिले लगानीको क्षेत्र पूर्ववत् अवस्थामा अन्य क्षेत्रतिर पनि बढेकाले सुन र डलर दुबैको भाउमा कमी आएको विश्लेषकहरू बताउँछन् ।
अमेरिकी राष्ट्रपतिको चुनावको मिति पनि नजिकिँदै गएको छ । अमेरिकी चुनावपछि कुन पार्टीले बहुमत ल्याउँछ भन्ने विषयले विश्वका धेरै वटा क्षेत्रमा असर पार्ने भएकाले डलरमा लगानी गर्ने ठूला लगानीकर्ताले पर्ख र हेरको रणनीति बनाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनावपछि आउने नयाँ नेतृत्वले लिने आर्थिक नीतिलाई बुझेर मात्र अघि बढ्ने रणनीति लगानीकर्ताहरूको हुने गरेको छ । अहिलेको अवस्था पनि विगतको जस्तै रहेको बताइएको छ ।
युरोपेली अर्थतन्त्रका विश्लेषकहरूले भने डलरको भाउ घट्नुलाई कोरोना बिरुद्धको खोपसँग पनि जोडेर हेर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार खर्बौं डलरको व्यापार हुने कोरोना बिरुद्धको खोपको विकास जुन देश वा क्षेत्रमा हुन्छ, त्यहि अनुपातमा अर्थतन्त्रको पनि बिस्तार र सङ्कुचन आउने उनीहरू बताउँछन् । यतिखेर अधिकांश खोपको समाचार अमेरिका बाहेकका देशहरूबाट आएकाले पनि डलरको भाउ घट्न सहयोग पु¥याएको उनीहरूको ठहर छ ।
डलरको मूल्य घट्दा सामान्यतयाः हाम्रो जस्तो आयातमुखी देशलाई फाइदा हुन्छ । आयातित सामानको मूल्य भुक्तानीमा थोरै परिमाणको डलर भुक्तानीले पुग्छ । साथै, विदेशबाट मगाइएका सामान पनि तुलनात्मक रूपमा सस्तो हुन जान्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर स्वदेशमै उत्पादन हुने सामान पनि तुलनात्मक रूपमा सस्तो हुनेछन् । त्यसैगरी भुक्तानी गर्नुपर्ने विदेशी ऋणको दायित्वमा समेत केही राहत पुग्ने अर्थशास्त्रीहरू बताउँछन् ।
तर, डलरको भाउ सस्तो हुँदा हाम्रो जस्तो विप्रेषणमा आधारित मुलुकलाई नराम्रो धक्का पनि लाग्छ । चर्को विनिमयदर भएको बेलामा विदेशबाट विप्रेषणको रूपमा प्राप्त हुने डलरको परिमाण बढ्छ । घटेको बेलामा भने त्यसरी प्राप्त हुने डलरको परिमाणमा स्वतः कमी आउने नै भयो ।
नेपालजस्तो अति कम निर्यात हुने मुलुकको लागि डलरको भाउ घट्नु फेरि एक किसिमले बरदान नै साबित पनि हुन्छ । डलरको भाउ घट्दा निर्यातप्रधान मुलुकको आम्दानीमा जसरी असर पर्छ । हाम्रोजस्तो मुलुकमा त्यसको असर अति न्यून हुन्छ ।