Logo
Logo

सर्बे भवन्तु सुखिन : कसरी होला ?


- कृष्णमणि पराजुली

63
Shares

सर्बे भवन्तु सुखिनःसर्बे सन्तु निरामया : ।

सर्बे भद्राणि पश्यन्तु माकश्चिद दुस्खभाग्जन : ।।

सबै मानिस सुखी होउन्, सबै मानिस निरोगी होउन्, सबैले सबैलाई समृद भएको देख्न पाउन् र कसैले पनि दुःख भोग्न नपरोस् भन्ने अर्थ हो यी माथिका दुई बाक्यका । यी दुई बाक्य मात्र हामीले राम्रोसँग मनन ग¥यौँ भने निश्चयनै हामीले चाहना गरेको समाज, राष्ट्र र विश्व नै प्राप्त गर्नेछौँ । यसैबाट बुझ्न सकिन्छ कि हाम्रो पूर्वीय दर्शन कति उच्च र सर्बजन हिताय छ भन्ने कुरा । तर यसलाई अनुशरण नगरेका हुँदा हामी आजको यो दयनीय अवस्थामा गुज्रिनुपरेको छ । यही मन्त्रलाई मूल आधार मानी हाम्रा जिजुबराजुले आफ्नो धर्म, संस्कृतिलाई जोगाई एउटा राम राज्यको कल्पना गरी सुखमय जीवनयापन गरेका कुरा विभिन्न ग्रन्थहरुमा पाउन सक्दछौँ । यही मन्त्रको आधारमा राज्यको शासन, धर्म, संस्कृति तथा परम्परा, व्यवहार, चालचलन, आचरण, अनुशासन चलेको थियो । सबैले यही मन्त्रलाई मूलमन्त्र मानी आएका हुनाले नै राज्य एक प्रकारको रामराज्य नै थियो । सबैले सबैलाई एउटै दृष्टिकोणबाट हेर्ने हुँदा मानिसमा राग, द्वेश, घृणा, इस्र्या, नैराश्यता केही भएको पाइँदैनथ्यो । तर आजको हाम्रो अवस्था भिन्न किसिमको हुन गएको छ । यसैलाई लिएर तल केही उल्लेख गरिएको छ ।

कृष्णमणि पराजुली

समाजलाई समृद्ध बनाउने अबयब भनेको नै त्यही सामाजिक संरचनाभित्र रहेका विभिन्न पात्र हुन् । पात्रहरु असल भइदिए भने समाजलाई बदल्न त्यति गाह्रो हुँदैन । तर पात्रहरुको आचरण, व्यवहार, भावनाजस्ता कुरामा सकारात्मक परिवर्तन आउन सकेन भने समाजले पनि गति लिन सक्दैन ।

अहिले आएर पश्चिमी समाज धेरै समृद्ध हुनपुगेको छ । तर हाम्रो पूर्वीय समाज भने दिनानुदिन क्रमशः अधोगतिमा गइरहेको छ । पश्चिमाहरुले हाम्रा धेरै राम्रा कुराहरु नक्कल गर्न भ्याए र तदनुरुप गर्दै अघि बढे । हामीले भने हाम्रा आधारभूत कुराहरु छाड्दै गयौँ । जसको परिणाम आजको अवस्था हो ।

मानिसले आचरण र व्यवहारमा सुधार ल्याउन सक्यो भने त्यसबाट सिर्जित अन्य कुराहरु पनि स्वतः आफैँ उपलब्धिमूलक हुँदै जान्छन् । मानिसमा उत्साह थपिदै जान्छ, आत्म सन्तुष्टि बढ्दै जान्छ, अरुहरुलाई हेर्ने दृष्टिकोण एकै प्रकारको हुन्छ र एकले अर्कोलाई नराम्रो गरेको हुँदैन । यस प्रकारको मार्गले समाजलाई समृद्धितर्फ लगेको हुन्छ । अहिलेको हाम्रो समाजमा धेरै विकृछि विसंगति छन् । हामीले हाम्रा परम्परागत मूल्य मान्यताको पालना पनि नगर्ने र अरुहरुले व्यवहारमा ल्याएका राम्रा कुराहरुको पनि अनुशरण नगर्ने हुँदा हाम्रो समाज एक प्रकारकंो संक्रमणीय अवस्थामा रहेको देखिन्छ । यस्तै अवस्था रहिरहने हो भने हाम्रो समाजको अवस्था कहाँ पुग्ने हो केही भन्न सक्ने अवस्था छैन ।

संसारमा सबैभन्दा बुद्धि र बिबेक भएको प्राणी भनेको मानिस नै हो । मानिसमा जस्तो अरु प्राणीमा चेतना र चातुर्यता हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा छँदैछ । त्यसैले गर्दा मानिस–मानिसबीच पनि आ–आफ्नो बुद्धि र चातुर्यता बढाउनेतर्फ प्रतिष्पर्धा भइनैरहेको हुन्छ । स्वच्छ प्रतिष्पर्धा नभएको हुनाले हाम्रो समाजले सर्बे भवन्तु सुखिनको बाटो लिन नसकेको अवस्था हो ।

समाजलाई समृद्ध बनाउने अबयब भनेको नै त्यही सामाजिक संरचनाभित्र रहेका विभिन्न पात्र हुन् । पात्रहरु असल भइदिए भने समाजलाई बदल्न त्यति गाह्रो हुँदैन । तर पात्रहरुको आचरण, व्यवहार, भावनाजस्ता कुरामा सकारात्मक परिवर्तन आउन सकेन भने समाजले पनि गति लिनसकेको हुँदैन ।

माथि उल्लेखित विषयलाई वर्तमान अवस्थामा जोडेर अध्ययन गर्नु उपयुक्त हुनेछ । पात्र र प्रवृत्तिमा जबसम्म परिवर्तन ल्याउन सकिँदैन तबसम्म सर्बे भवन्तु सुुखिनःलाई मूर्तरुप दिन सकिँदैन । अहिलेको हामीले बनाएको समाजमाथिका दुई पंक्तिले कल्पना गरेको भन्दा एकदमै फरक छ । आजको समाज भनेको मै खाउं मैलाउ सुख सयल वा मोज म गरु.भन्ने प्रबृत्तिको छ । हरेक ब्यक्ति ईच्छा, राग, द्वेश, स्वार्थमा लिप्त भएको छ । आफ्नो भलाइदेखि अरुको भलाइ गर्न त के हेर्न पनि चाहँदैन । कसैले केही राम्रो काम गर्न लागेको छ भने कि बाधा अड्चन ल्याइदिन्छ । कि त भने विरोध नै गरिदिएको हुन्छ । हामीलाई थाहा छ हाम्रो समाजको समृद्धि नचाहने थोरै व्यक्तिको हातमा ठूलो जमात छ । सानो जमातले ठूलो जमातलाई नियन्त्रण गर्न सक्नु भनेको धेरै जनसंख्या भएको जमात समृद्धिबाट बाहिरिनु हो ।

मानिस यसरी बदलिँदै गएको छ कि उसको भावना, विचार, व्यवहारजस्ता कुराहरुमा क्षयीकरण हुँदै आएको छ । उसले आफूलाई मात्र आफू हुँ भन्ने ठानेको छ र आफ्नै निजी स्वार्थमा सम्पूर्ण ध्यान केन्द्रीत गराउँछ । अरुको भलाइ र स्वार्थलाई पटक्कै दृष्टि दिन चाहँदैन । यस्तो कलुसित भावनाले कसरी राष्ट्र र समाजको विकास हुनसक्दछ ?

राज्यलाई चलायमान बनाउने भनेको राजनीति हो । राज्यको नीतिभन्दा ठूलो नीति अरु कुनै नीति हुँदैन । नीतिको माध्यमबाट नै राज्यका गतिविधि अघि बढेका हुन्छन् । नीति बनाउनेहरु नै लोभीपापी, अपराधी प्रवृत्तिका भइदिएपछि कसको के लाग्छ ? नीति निर्माण गर्ने स्थानमा पुगेकाहरुले नै बाटो बिगारेपछि देश कसरी अघि बढ्छ भन्ने प्रश्न आउछनै ।

हाम्रो शासकीय व्यवस्थाले नागरिकको विषयमा कहिल्यै सोचेको पाइँदैन । २००७ सालसम्म जहानिया राणा शासनको एकछत्र शासन रह्यो । त्यसपछि देशमा प्रजातन्त्र आए पनि पुरानै राणाकालीन धङ्धङीले देशलाई धमिराले खाए जसरी नै खाइनै रह्यो । त्यसपछिका विभिन्न कालखण्डमा पनि राजनीतिले निर्दिष्ट मार्ग लिन नसकेको हुँदा हामी पछि नै पर्दै गयौँ । देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आए पनि खासै जनताले अनुभूति पाउने गरी परिवर्तन आएको छैन । अहिले आएर विभिन्न कोणबाट शासकीय व्यवस्थालाई हेर्ने जमात पनि देखापरेको छ ।

अर्कोतर्फ सत्तापक्ष र प्रतिपक्षको बीचमा सुमधुर सम्बन्ध जबसम्म हुँदैन तबसम्म राज्यका प्रमुख मुद्दाहरु सक्रियरुपमा कार्यान्वयन हुन सक्दैनन् । अहिलेको अवस्था हेर्दा त सत्तापक्ष मेरो गोरुको बाह्रै टक्का ठान्ने, प्रतिपक्ष हाम्रो धर्म भनेको सत्तापक्षको विरोध गर्ने हो भन्ने मानसिकताले गर्दा देशका अन्य अंगहरु पनि अपांगजस्तै भएका देखिन्छन् । सत्तापक्ष र प्रतिपक्षको झगडाले गर्दा राज्यले गर्नुपर्ने कामहरु सञ्चालन हुन नसकी लथालिंगको अवस्थामा छन् । सामान्य प्रशासकीय प्रक्रियाबाट सञ्चालन हुनसक्ने काम कुरामा नै सरकार अल्मलिएको हुँदा सरकारबाट सञ्चालन गर्नुपर्ने कतिपय महत्वपूर्ण कामहरु ओझेलमा पर्न गएका छन् ।

सबभन्दा ठूलो नीति भनेको राजनीति हो र अन्य नीतिहरु यसै नीतिबाट सञ्चालित हुने गर्दछन् । तर हाम्रो राजनीति नै प्रभावकारी हुन नसकेको अवस्थामा अन्य नीतिहरुले काम गर्न नसक्नु स्वभाविकै पनि हो । जतिसुकै नीति राम्रा भए पनि तिनीहरुको सफल कार्यान्वयन भएनन् भने नीति नीतिकै रुपमा रहन पुग्दछन् र जनताका इच्छा आकांक्षा जहाँको त्यही रहेका हुन्छन् । यही परिस्थिति हाल देखापरेको छ । यस अवस्थामा सर्बे भबन्तु सुखिनः सर्बे सन्तु निरामयास् । सर्बे भद्राणि पश्यन्तु मा कश्चिद दुस्खभाग्जनस् ।। कसरी र कहिले होला ? सबैले एकपटक ठण्डा दिमागले सोच्नुपर्ने बेला आएको छ ।

(लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन्)

प्रतिक्रिया दिनुहोस्