Logo
Logo

केन्द्रीय कारागारमा ५२ कैदीलाई कोरोना, एकै दिन तीन जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ भदौ ।
कारागारहरुमा कोरोना संक्रमण भयाभह हुँदै गएको छ । केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।


दुई जनाको सोमबार र एक जनाको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको कारागार कार्यालयले जनाएको छ । मृत्यु भएकामध्ये एक ४० वर्षिय कैदीमा कोरोना पुष्टि भएको छ । उनको मेगा अस्पतालमा मृत्यु भएको हो ।
अन्य दुई जनाको वीर अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने अन्य दुईमध्ये एक जनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । अर्का मृतकको रिपोर्ट नआएको जेलर लक्ष्मी प्रसाद बाँस्कोटाले बताए ।

केन्द्रीय कारागारका ५२ जना कैदी÷बन्दीमा संक्रमण पुष्टि भइसकेको छ । कारागारमाको सुरक्षामा कार्यरत ५६ प्रहरीमा पनि संक्रमण भएको छ । अन्य कैदी/बन्दीमा पनि कोरोनासँग मिल्ने लक्षण देखिएको छ तर परीक्षण हुन सकेको छैन । केन्द्रीय कारागारमा तीन हजार एक सय कैदी/बन्दी छन् ।
धेरैमा संक्रमण देखिएपछि व्यवस्थापनबारे माथिल्लो निकायसँग छलफल भइरहेको जेलर बाँस्कोटाले बताए ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरुले जेलमा कोरोना समस्या बढेको भन्दै कैदीहरुलाई पछि फर्कने कागज गराएर छाड्न प्रस्ताव गरेका छन् । गृह मन्त्रालयले दुई तिहाई कैद भुक्तान गरिसकेकालाई समाजमै निगरानीमा रहने गरी छाड्ने प्रक्रियाबारे छलफल थालेको छ ।

प्रतिक्रिया दिनुहोस्