काठमाडौं, १६ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन वार्ता गरेका छन् । नेपालमा रासायनिक मलको अभाव भएपछि सहयोगका लागि उनले आग्रह गरेका हुन् ।
नेपालमा आपुर्तीको ठेक्का पाएका कम्पनीहरुले समयमा ल्याउन नसक्दा देशभरी हाहाकार भएको छ । बंगलादेशबाट सहज र छिटो रुपमा मल ल्याउन कृषि मन्त्रालयले प्रयास गरेको छ ।