काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई थप सहयोग पुगोस भन्ने मनसायका साथ सूरिया हेल्थ केयर प्रालिसँगको सहकार्यमा विशेष छुटका साथ सहुलियत दरमा पिसिआर परीक्षणको सुविधा उपलब्ध गराउने भएको छ ।
बैंक र हेल्थ केयरको यस सहमतिअनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले सूरिया हेल्थ केयरमा कोरोना संक्रमणसम्बन्धी गरिने पिसिआर परीक्षण गर्दा १५५ को विशेष छुट प्राप्त गर्नेछन् । यस सहमतिअनुसार ग्राहकहरुले आर्थिक सहुलियतसहित सहजरुपमा कोरोना परीक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
‘प्रगतिको आधार कामना सेवा सँग कारोबार’ भन्ने मूल नाराका साथ उत्कृष्ट बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवाले देशका विभिन्न भागहरुमा १२४ शाखा तथा ६६ एटिएममार्फत ग्राहकलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।