Logo
Logo

राष्ट्रियसभामा को ? प्रचण्डपछि ओलीद्वारा वामदेवसँग छलफल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ भदौ ।

राष्ट्रियसभामा मनोनयनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग छलफल गरेपछि बालुवाटारमा नेता वामदेव गौतमलाई बोलाएर छलफल गरेका छन् । बुधबार साँझ ओली–प्रचण्ड भेटमा राष्ट्रियसभामा कसलाई लैजाने भन्नेमा सहमति हुन नसकेको स्रोत बताउँछ ।

प्रधानमन्त्री ओली हालका अर्थमन्त्री डा. युवराज खतिवडाकै पक्षमा छन् । तर, प्रचण्डले वामदेवको प्रस्ताव गरेको स्रोत बताउँछ । खतिवडाको मन्त्री कार्यकाल तीन दिन मात्र बाँकी छ ।

बिहीबार नेकपाको सचिवालय बैठक बस्दैछ । त्यसअघि नै राष्ट्रियसभाको लागि मनोनयन तय गर्न लागिएको छ । नेता गौतमले आफुलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय कार्यान्वायन गर्नुपर्ने माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्