Logo
Logo

निषेधाज्ञा तोड्दै युवाले ताने मत्स्येन्द्रनाथको रथ (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ भदौं । सरकारले बिहीबारदेखि नै लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा थपेको छ । कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित बुधबार बसेको बैठकले केही सेवालाई सहजीकरण गर्दै एक साता अर्थात २४ भदौसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।


यस अवधिमा अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ । कुनैपनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन भीडभाड गर्न, सभा जुलुस गर्न पाइँदैन ।
परम्परागत रुपमा र दैनिकरुपमा भई आएको र दैनिक हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा, गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्युटी पार्लर, स्पा, स्विममिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन ।


तर, यसैबीच बिहीबार युवाले ललितपुरस्थित पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ तानेका छन् । बिहीबार सयौँको संख्यामा भेला भएका युवाहरुले रथ तान्न सुरु गरेपछि प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो । तर, युवाहरु आजै रथ तान्नुपर्छ भनेर कस्सिएका छन् । तर, असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका छन् । तर यस विषयमा गुठी संस्थानलाई समेत थाहा नभएको बताइन्छ । गत असार १० गतेदेखि निर्माण सुरु भएको रथमा मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको छ । तर, कोरोना संक्रमणको जोखिमका कारण अहिलेसम्म रथयात्रा हुन सकेको छैन । महानगरीय प्रहरी वृत्त जावलाखेलले यो कुनै पूर्वतयारी विनै भएको हो ।
ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले आफूहरू गुठी संस्थानको निर्णय कुरेर बसेको भए पनि एकाबिहानै कसरी त्यति मान्छे भेला भए भन्ने बारेमा आफूलाई जानकारी नभएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्