Logo
Logo

नेकपाको सचिवालय बैठक सुरु, राष्ट्रियसभामा वामदेवकै सम्भावना, नयाँ अर्थमन्त्रीबारे छलफल हुने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ भदौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बहुप्रतिक्षित सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ ।


बैठकले राष्ट्रियसभा सदस्यको रिक्त एक पदमा नियुक्तिका लागि सहमति जुटाउने छ । जसका लागि नेता वामदेव गौतम र अर्थमन्त्री डा.युवराज खतिवडा प्रतिस्पर्धामा छन् । स्रोतका अनुसार अधिकांश नेता वामदेव गौतमकै पक्षम छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसका लागि लचिलो भएका छन् ।
तर, अर्थमन्त्री कसलाई बनाउने भन्नेमा टुंगो लागेको छैन । जसमा वामदेव, विष्णु पौडेल,सुरेन्द्र पाण्डे लगायतको चर्चा छ । अर्थमन्त्री खतिवडाको कार्यकाल शनिबार सकिदैछ । अर्थमन्त्रीसहित केही मन्त्रीहरुको हेरफेरको तयारी भइरहेको छ । सञ्चार र सहरी विकास मन्त्रालयले पहिलेदेखि नै रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्