काठमाडौं, १८ भदौ ।
गृह मन्त्रालयले दोलखा र कञ्चनपुरका सिडिओको सरुवा गरेको छ । कञ्चनपुरमा रामकुमार महतो तथा दोलखामा रमेश शिवाकोटीलाई पठाइएको छ ।
कञ्चनपुरका नुरहरी खतिवडा तथा दोलखाका भिमकान्त शर्मालाई मन्त्रालय तानिएको छ । उनीहरुको बारेमा गुनासो आएपछि सरुवा गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।