काठमाडौं, १८ भदौ ।
ललितपुरमा शुक्रबार कर्फ्यु लगाउने निर्णय भएको छ । सम्भावित झडप रोक्नका लागि जिल्ला सुरक्षा समितिले कफर््यु लगाउने निर्णय गरेको हो ।
बिहीबार मछिन्द्रनाथका रथ तान्ने क्रममा प्रहरी र स्थानीय झडप भएको थियो । प्रहरीले उच्छृखल गतिविधिमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।
ललितपुरका एसएसपी टेक प्रसाद राईका अनुसार महानगरको चक्रपथभित्रका क्षेत्रमा बिहान ४ बजेदेखि राती १० बजेसम्मका लागि कर्फ्यु लगाउने निर्णय भएको छ ।