काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत १५ गतेदेखि बैंकिङ सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्नका लागि ग्रिनपिन सेवा सञ्चालन गरेकोे छ । यस सुविधा सञ्चालनपश्चात बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रिनपिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् ।
ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिद्धार्थ बैंकको कुनै पनि एटिएम वा एनईपिएस सदस्य रहेका केही बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्नेछन् । यसरीे पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रिनपिन आउने छ । प्राप्त ग्रिनपिन ग्राहकहरुले एटिएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् । पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यसपश्चात ग्राहकहरुले आफ्नो कार्ड एटिएम, पिओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका एटिएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन् ।
बैंकले ल्याएको यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केही हदसम्म भए पनि कागजको प्रयोग कमगरी वातावरणमैत्री बैंकिङ सेवा उपलब्ध हुने बैंकले विश्वास लिएको जनाएको छ ।