काठमाडौं, २० भदाै ।
काठमाडौं महानगरपालिका–२९ अनामनगरमा एक महिलाको हत्या भएको छ । बर्दिया बाँसगढी नगरपालिका–९ घर भएका ३६ वर्षीय अजय बिकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेका हुन् । अजयलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।