Logo
Logo

काठमाडौँ महानगरले बढायो कोरोना परीक्षण दायरा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ भदौ । हरेक दिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको छ । आज वडा ३१ मा ३०० जनाको परीक्षण भइरहेको छ । केही दिनअघि काठमाडौँ उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउने निर्णय गरेपछि कामपाले हरेक दिन संक्रमितको सम्पर्कमा आएकाको परीक्षणलाई तीव्र बनाएको छ ।

अहिलेसम्ममा वडा ३, ६, ८, २१, २६, २९ र २१ मा बिरामीको सम्पर्कमा रहेकाको परीक्षण गरिसकेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । उनका अनुसार पहिले कन्ट्याक्ट ट्रेसिङपछिको परीक्षणमा मुस्किलले एक दुई जनाको मात्रै पोजेटिभ देखिने गरेकामा अहिले भने ५० प्रतिशतमा संक्रमण देखिन थालेको छ । ‘कामपाको भित्रिक्षेत्रमा मानिसको अत्यधिक बसोबास छ, त्यहाँ संक्रमण फैलिएको हुनसक्छ । अब त्यस ठाउँको परीक्षण गरिन्छ’, प्रमुख कुँवरले भने ।

महामारी नियन्त्रण गर्न बिरामीको सम्पर्कमा भएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र संक्रमण भएकालाई अन्यको सम्पर्कबाट छुटाउने गरी काम गरिरहेको कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्