Logo
Logo

भारतमै एकैदिन ९० हजार संक्रमित, विश्वकै नयाँ रेकर्ड 


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ भदौ ।
भारतमा शनिबार ९० हजार ६ सय ३३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो भारतको मात्र नभई विश्वकै नयाँ रेकर्ड हो । एकै दिन यतीधेरै संक्रमण कुनै पनि देशमा भएको थिएन ।


भारतमा कुल .संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेका छन् । भारत संक्रमित संख्यामा दोस्रो स्थानमा रहेको ब्राजिलकै हाराहारी पुगेको छ । भारत विश्वमै सबैभन्दा धेरै प्रभावीत देश बन्ने आँकलन गरिएको छ । भारतमा एक अर्ब ३० करोड जनसंख्या छ । संक्रमण तिव्र गतिमा बढेपछि भारतमा केही ठाउँहरुमा मात्र लकडाउन छ । सोमबारदेखि मेट्रो रेल समेत खुला गर्न लागिएको छ ।
भारतमा तिव्र गतिमा संक्रमण फैलदा खुला सीमाका कारण त्यसको जोखिम नेपालमा समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्