Logo
Logo

उपत्यका प्रवेश नाकामा सेना खटाउन प्रजिअ दाहालको सुझाव


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ भदौ । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । यससँगै काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा पर्दै गएको छ । यसैबेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा समितिअन्तर्गत उपसमितिमा आइतबारको बैठकमा प्रजिअ दाहालले नाका ठप्प पार्न नसकिने भन्दै यस्तो बताएका हुन् । नाका ठप्प पार्दा भोकमरी हुने बताउँदै उनले त्यसको व्यवस्थापनका लागि उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्ने सुझाव दिएका हुन् ।
उनले यसबारे प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत पठाएको भएपनि कुनै निर्णय नभएको बताए । पछिल्लो पटक तीन साताको निषेधाज्ञाका कारण मानिसहरुले खान नपाएको गुनासो आउन थालेको भन्दै उनले कोरोनासँग बाच्न सिक्नुपर्ने बताए । अहिले पनि जनस्वास्थ्यका मापदण्ड सीमित मानिसहरुले मात्र पालना गरेको उनको बुझाइ छ । सरकारका निकायहरुले आफ्नो मातहतमा पर्ने क्षेत्रको अनुगमन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्