काठमाडौं, २१ भदाै ।
निजामती सेवा दिवसको अवसरमा ४० जना कर्मचारी पुरस्कृत हुने भएका छन् ।
१० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारले पुरस्कृत गर्ने निर्णय गरेको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, झापाको कमल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठसहित १० जनालार्ए १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार दिने निर्णय भएकोमा छ । जसमा सुशील कुमार लम्साल, मान बहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरत कुमारबम, टामलाल पाण्डे, उषादेवी देवकोटा र धन बहादुर लामा रहेका छन् ।
यस्तै ५० हजारको निजामती सेवा पुरस्कार पाउनेहरुमा रघुराम विष्ट,कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खेमराज कोइराला, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र ,बावुराम अधिकारी रहेका छन् । यस्तै सो पुरस्कार पाउने अन्यमा विरेन्द्रकुमार मिश्र, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल, मञ्जु सिह, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, जानुका पोख्ररेल आचार्य रहेका छन् । सोमबार निजामती सेवा दिवसको अवसरमा उनीहरुलाई पुरस्कार दिन लागिएको छ ।
यो वर्ष पनि सरकारले सर्वाैत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।