Logo
Logo

सुनको अवैध कारोबार, न्यूरोडका दुई सुन पसले पक्राउ


- दृष्टि न्युज/संवाददाता

1k
Shares

काठमाडौं, २५ भदौ ।

सुनको अवैध कारोबारको आरोपमा न्यूरोडका दुई सुन पसले पक्राउ परेका छन् ।


लक्की ज्वेलर्सका प्रबन्धक श्रीनिवास उपाध्याय र अष्टमङ्गल ज्वेलर्सका बिजय ताम्राकार पक्राउ परेका हुन् । दुई महिनाअघि अवैध सुन र पेस्तोलसहित पक्राउ परेको समूहमाथि अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
गिरोहका नायके इल्ताफ हुसेन अन्सारीले तीन पसलबाट अवैध रुपमा सुन किनेका थिए । बिल बिना नै सुनको कारोबार गरेको र गहना मात्र बेच्न पाउन भएपनि सुनको बिस्कुट नै बिक्रि गरेको प्रहरीले जनाएको छ । सो गिरोहका आबद्ध अन्य सुन पसले पनि छानबिनमा रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्