काठमाडौं, २५ भदौ ।
नेपाल बिद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नै नियुक्त हुने भएका छन् । शुक्रबारको बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धि निर्णय गर्ने भएको छ ।
उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई थप दुई वर्षका लागि जिम्मेवारी दिने गरी प्रस्ताव लैजान लागिएको बताएका छन् ।
प्राधिकरणभित्र व्यापक सुधार गरेका घिसिङलाई नै निरन्तरता दिन नागरिक तहबाट समेत सरकारमाथि दबाब परेको छ । उनको कुशल व्यवस्थापनका कारण देशमा लोडसेडिङ हटेको थियो ।