Logo
Logo

नेकपाको स्थायी कमिटीपछि मन्त्रिपरिषद् बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ भदौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा)को आज स्थायी कमिटी बैठक बस्दै छ । दिउँसो ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले विवाद समाधान कार्यदलको प्रतिवेदन उपर छलफल हुनेछ ।


महासचिव विष्णु पौडेलको अध्यक्षतामा गठन भएको कार्यदलले केपी शर्मा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री तथा प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव गरेको छ। सोही प्रतिवेदन आज पास हुने सम्भावना छ ।
आजै मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । सरकारको प्रवक्ता तोक्ने तथा नेपाल बिद्युत् प्राधिकरणमा कुलमान घिसिङमा पुनः नियुक्ति गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्