Logo
Logo

आज अहिलेसम्मकै उच्च संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ भदौ ।
शुक्रबार देशमा अहिलेसम्मकै उच्च संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा १४५४ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार काठमाडौंमा ६ सय २० सहित उपत्यकामा ६ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण बढीरहेका बेला निषेधाज्ञा खुकुलो बनाइएको संक्रमण झन् बढ्ने जोखिम छ ।

यो अवधिमा ९७२ जना निको भएको र पाँच जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या ५१ ह्जार ९ सय १९ पुगेको छ । तीन सय २२ जनाको मृत्यु भएको छ भने ३६ हजार ६ सय ७२ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्