Logo
Logo

भक्तपुरमा परिवारकै मृत्यु, छोरा र श्रीमतीको हत्यापछि आत्महत्या ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ भदौ ।
घरको पहिलो तलामा छोराको शव, दोस्रोमा आमा र तेस्रोमा बुबाको । भक्तपुरमा एक परिवारका तीनै सदस्यको रहस्यमय मृत्यु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका–९ निकोसेरामा ३६ वर्षिया सुदीप अधिकारी र उनकी ३४ वर्षिया श्रीमती सम्झना अधिकारी र १५ वर्षका छोरा सुशान्त अधिकारी मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार तीन जनाको शव फरक फरक तलामा भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा छोरा र श्रीमतीको हत्या र सुदीपको आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ ।


सुदीपको तेस्रो तला, सम्झताको दोस्रो तथा सुशान्तको पहिलो तलामा शव भेटिएको हो । सम्झना र सुशान्तको खाटमा तथा सुदीपको किचनको छेउमा शव भेटिएको ठिमी वृत्तका डिएसपी ऋषिराम कँडेलले बताए । शव गन्हाइसकेको अवस्थामा भेटिएको हो । घर मृतकहरुकै हो । घरमा रहेको कुकुर समेत मृत अवस्थामा भेटिएको छ र
उनीहरुले घरमै किनारा पसल चलाउँदै आएका थिए । सुदीपका भाई शुक्रबार घरमा कोही नभएको र पुग्दा भित्रबाट गन्हाएपछि शंका लागेर उनले प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा हत्या भएकै देखिएको प्रहरीले जनाएको छ । सम्झना र सुशान्तको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जस्तो देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । सुदीपको शवमा भने चोटपटक देखिएको छैन ।
प्रहरीले घटनाको मुख्यगरी दुई कोणबाट अघि बढाएको छ । ‘पहिलो भनेको कोही बाहिरी व्यक्ति आएर सबैको हत्या गरेको हुनसक्छ,’ घटनास्थल पुगेका अपराध महाशाखाका एक प्रहरी भन्छन्,‘दोस्रो भनेको सुदीपले दुई जनाको हत्या गरेर आत्महत्या गरेको हो कि जस्तो पनि देखिन्छ, विस्तृत अनुसन्धान नगरी केही भन्न सकिन्न ।’ तीनै जनाको शव फरेन्सिक विज्ञसहितको टोलीले उठाएर पोष्मार्टमका लागि काठमाडौं मेडिकल कलेज पु¥याएको छ । पोष्टमार्टम रिपोर्टले उनीहरुको मृत्युको कारण खुल्ने प्रहरी अधिकारी बताउँछन् ।
उनीहरुको मृत्यु करिब एक साताअघि नै भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । अधिकारी परिवार गत वर्षमात्र त्यहाँ नयाँ घर बनाएर सरेको समेत उनका आफन्तले बताएका छन् । त्यसअघि उनीहरु मध्यपुर ठिमी ६ मा बस्दै आएका थिए । परिवारबीच विवाद चल्दै आएको खुलेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्