काठमाडौं, २८ भदौ ।
पछिल्लो २४ घन्टामा एक हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै यो अवधिमा एक हजार एक सय ७३ जना डिस्चार्ज भएका छन् भने नौ जनाको मृत्यु भएको छ ।
नेपालमा कुल संक्रमितको संख्या ५४ हजार एक सय ५८ पुगेको छ । ३८ हजार ६ सय ९७ जना निको भएका छन् भने ३ सय ४५ जनाको मृत्यु भएको छ ।
१५ हजार एक सय १७ जना उपचाररत छन् ।