काठमाडौं, २९ भदौ ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले नेपाल बिद्युत् प्राधिकरणमा नियुक्ति गर्ने आँकलन गरिएपनि त्यससम्बन्धि कुनै निर्णय गरेन । प्राधिकरणमा कुलमान घिसिङ नियुक्ति गर्न व्यापक जनदबाब छ ।
आइतबारबाट अवकाश पाएका घिसिङले नेपालमा लोडसेडिङ हटाउने मात्र होइन प्राधिकरणलाई अरबौं नाफामा लगेका थिए । दोस्रो कार्यकाल पनि उनको नियुक्तिको लागि जनस्तरबाट दबाब भइरहेको छ । तर उर्जामन्त्री वर्षमान पुनले नै त्यससम्बन्धि प्रस्ताव नलगेको स्रोत बताउँछ । केही जल माफियाको प्रभावमा परेर उर्जामन्त्री पुन र प्रधानमन्त्री केपीले आफु अनुकुलका व्यक्तिलाई नियुक्त गर्न लागिएको उर्जा मन्त्रालय स्रोत बताउँछ ।