Logo
Logo

अख्तियारमा महिला प्रहरीको उजुरी


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, ३० भदौ । वर्षाेदेखि चिनजानकी महिलाको उजुरीपछि नेकपाका नेता कृष्णबहादुर महराको सभामुख पद मात्र गएन, उनी जेल समेत पुगे । पछि उजुरी गर्ने महिलाले नै कुरा फेरेपछि उनी जेलबाट छुटे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि झन्डै त्यस्तै घटना भएको छ । विगतमा आयोगमा उच्च पदमा काम गरेका एक अधिकारीविरुद्ध त्यस्तै प्रकारको उजुरी परेको थियो । आफुलाई नगरकोट लगेर बलात्कार गरेको भन्दै आयोगमा कार्यरत एक महिला प्रहरीले आयोगभित्र उजुरी गरेको र त्यो घटना गोप्य रुपमा मिलाइएको स्रोत बताउँछ ।

स्रोतका अनुसार त्यो विषय प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगिसकेको थियो । उजुरीमा पर्ने व्यक्ति बालुवाटारका विश्वासपात्र भएकाले त्यताबाट पनि मिलाउन प्रयास भएको थियो । आयोगबाट सरुवा भएपछि ती उच्च अधिकारीले बेवास्ता गरेपछि ती महिला प्रहरीले उजुरी गरेको स्रोत बताउँछ ।

सुरक्षा निकायका तल्लो तहमा कार्यरत कतिपय महिला प्रहरीहरु उच्च तहका व्यक्तिबाट दुव्र्यवहार सहँदै आएका छन् । कतिपयले उजुरी गरेपनि धेरै भने उजुरी गर्न डराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्