Logo
Logo

चार सचिवको सरुवा र पदस्थान


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, १ असोज ।
सरकारले दुई सचिवको सरुवा तथा दुई जनाको पदस्थापन गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा र पदस्थापन गरेको हो ।


सरुवा अनुसार महालेखा नियन्त्रण गोपी मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । युवा तथा खेलकुदका रामप्रसाद थपलियाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ।
त्यस्तै अतिरिक्त समूहका रहेका केदार न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमया तथा मधु मरासनीलाई महालेखा नियन्त्रकमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्