काठमाडौं, २ असोज ।
शुक्रबार नेपालमा कोरोना संक्रमणले नयाँ रेडर्क राखेको छ । एकैदिन २ हजार २० जना संक्रमित भएका छन् ।
यसअघि बिहीबार १५३९ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घन्टामा थप सात जनाले ज्यान गुमाएका छन् ।
नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । जसमध्ये ४३ हजार ८३० जना निको भइसकेका छन् ।
लकडाउन खुलेपछि देशभरी संक्रमण बढ्दै गएको छ ।