Logo
Logo

सुन्धाराको होटलबाट सरकारी इन्जिनियर पक्राउ, ११ लाख बरामद


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ असोज
महाकाली सिंचाई आयोजना, कंचनपुरका कामु आयोजना निर्देशक प्रचण्ड देव बिष्ट सुन्धाराको होटलबाट पक्राउ परेका छन् । स्रोत नखुलेको ११ लाख रुपैयाँसहित होटल इसन प्रालिबाट उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।


बरामद रकम उनले घुसवापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । विष्टले बरामद रकमको स्रोत खुलाउन सकेका छैनन् । आयोजनाका ठेकदारसँग सो रकम लिएको प्रहरी दाबी छ ।

प्रतिक्रिया दिनुहोस्