Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै, तीन मन्त्रालय फुटाउने तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ असोज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बिहीबार बस्ने भएपनि उनले कुनै महत्वपूर्ण निर्णयका लागि बैठक बोलाएका हुन् ।

बैठकअघि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल चलिरहेको छ ।

स्रोतका अनुसार आइतबारको बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेन्डा छ । त्यसका लागि केही मन्त्रालय समेत फुटाउने तयारी छ । भौतिक निर्माण तथा यातायान, उर्जा, जलस्रोत तथा सिंचाई र उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय फुटाउन लागिएको हो । भागबन्डा पुर्याउनका लागि मन्त्रालय फुटाउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ ।
साथै नयाँ मन्त्री नियुक्तिबारे केही दिनयता नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच नियमित छलफल हुँदै आएका छ । यसबारे अ‍ोली र माधव नेपालबीच समेत छलफल भएको स्रोत बताउँछ । हाल अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय रिक्त छ । हालका आधा जसो मन्त्रीहरु हेरफेर हुने सम्भावना छ ।
साथै नयाँ मुख्यसचिव नियुक्तिबारे पनि छलफल गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्