Logo
Logo

भक्तपुर प्रहरीको सफलताः डलरको प्रलोभनमा लुटपाट गर्दै आएको गिरोह समातियो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ असोज ।
सस्तोमा डलर साट्ने बहानामा लुटपाटमा संलग्न एक पेशेवर समूहलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । पछिल्लो पटक सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३६ वर्षीय खेल बहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका(९ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(६ घर भएका ५६ वर्षीय श्याम बहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेका छन् ।

लुटपाटको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २ लाख ४२ हजार ९ सय ३५ रुपैयाँ, ५ थान मोबाइल, २ थान मोटरसाइकल र २ बण्डल डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो समेत प्रहरीले बरामद गरेको हो ।

अनुसन्धानको क्रममा सो समूहले विगतमा समेत लुटपाट गरेको खुलेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् । २०७७ साउन ८ र १९ गते मध्यपुर ठिमी नगरपालिका(९ र ५ बाट ७ लाख रुपैयाँ, २०७७ भदौ ३१ गते मध्यपुर ठीमी नगरपालिका(२ बाट ५ लाख रुपैयाँ, २०७७ असोज ६ गते मध्यपुर ठिमी नगरपालिका ९ बाट ९ लाख ८० हजार रुपैयाँ नगद लुटपाट भएको घटनामा समेत उनीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको तथा अन्य लुटपाटका घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरुको खोजी भइरहेको एसपी थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्