Logo
Logo

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणी ग्राहकलाई ब्याज रकममा १२ प्रतिशत छुट


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड–१९ महामारीबाट यस डेभलपमेन्ट बैंकका ऋणी ग्राहक महानुभावहरूलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहक महानुभावहरुका लागि बुझाउन बाँकी आश्विन मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको छ ।

बैंकका ऋणी ग्राहक महानुभावहरूले २०७७ आश्विन मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गर्नुभएमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको र यसरी ग्राहक महानुभावहरुलाई व्याज रकममा छुट गरिँदा २०७७ असार मसान्तसम्मको यस डेभलपमेन्ट बैंकको आधार दरभन्दा कम नहुने गरी छुट दिइने जनाएको छ ।

माथि उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने व्यहोरासमेत जानकारी गराएको छ । बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा डेभलपमेन्ट बैंक विश्वस्त रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्