Logo
Logo

मन्त्रीमण्डल हेरफेरमा कुरा मिलेन, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ असोज ।
नयाँ नियुक्त हुने तथा हटाउने मन्त्रीहरुको सूचि तय नहुँदा मन्त्रिपरिषद् आइतबार पनि मन्त्रिपरिषद् हेरफेर हुन सकेन । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सूचिमा कुरा नमिलेको स्रोत बताउँछ ।


बालुवाटारमा बसेको बैठकल विभिन्न नियुक्तिहरु गरेको छ । नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल र इजरायलबीच हुने श्रम सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय भएको छ । अरु केही प्रशासनिक निर्णय भएपछि मन्त्रालय फुटाउने विषयमा टुंगो नलागेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्