काठमाडौं । नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध हुने जनाएको छ ।
बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने छ । नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देशभरि ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् ।
नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो । साथै यसले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ । बैंकले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नु आºनो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्पm केन्द्रित गरेको छ ।