Logo
Logo

बालुवाटारको प्रश्न : कुलमान नभए के हुन्छ ?


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, १३ असोज । एपी वान टेलिभिजनको गत साताको टक सो कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङ मात्र सबथोक होइन, उनीभन्दा अरु पनि योग्य र सक्षम छन् भनी दिएको अभिव्यक्ति नै प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ती नगर्ने छनक हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सार्वजनिक ठाउँमा बोल्ने कुरा उनको निजी विचार मात्र हुन सक्दैन, त्यसले प्रधानमन्त्रीको आगामी कार्ययोजना, सोच र शैलीलाई समेत इंगित गर्छ । अब कुलमान पुनः प्राधिकरण आएको हेर्न चाहने आम नेपालीको अपेक्षामा ओलीले चिसो पानी खन्याइदिएका छन् ।

प्राधिकरणको इतिहासमा आजसम्म कमीसनबिना कार्यकारी निर्देशक नियुक्त भएका उदाहरण बिरलै भेटिन्छन् ।कुलमान भएन भने के हुन्छ ? सूर्य थापाहरुको प्रश्न यही छ । हिजो कुलमानको ठाउँमा अरु हनुमान आएको भए नेपाली जनता अहिलेसम्म पनि लोडसेडिङमै हुन्थे । प्राधिकरणका भ्रष्ट कर्मचारीहरुले होटल र उद्योगहरुलाई बिजुली चोराइरहेका हुन्थे र डेडिकेटेड र ट्रंक लाइनमार्पmत लुकाइएको बिजुली दिइरहेका हुन्थे । त्यो जालो कुलमानले तोडे । त्यही जालो तोडेबापत सरकारले उनलाई पारितोषिक पनि दियो— पुनः नियुक्ती नगरेर ।

कुलमानले के त्यस्तो अपराध गरेके थिए र ओली तथा उनका सल्लाहकार कुलमानविरुद्ध विष वमन गर्न पुगे ? सुरुमा ऊर्जा मन्त्री वर्षमान पुनले नै मन्त्रिपरिषद्मा प्रस्ताव नलगेको भन्ने बाहिर सार्वजनिक भयो । बालुवाटारले पुनमाथि दोष थोपरेर आपूm पानीमाथिको ओभानो हुन खोज्यो । आमनागरिकले वर्षमानप्रति प्रश्न तेस्र्याए । ऊर्जा मन्त्रीले बाध्य भएर पहिले नै प्रस्ताव लगिसकेको प्रेस विज्ञप्ति नै जारी गरेर लाज छोप्नुप¥यो ।

प्राधिकरणलाई घाटामा नाफामा लैजाने, १८ घण्टासम्मको लोडसेडिङलाई अन्त्य गर्ने, १० प्रतिशत चुहावट घटाउनेजस्तो कार्य आपैmमा ठूलो उपलब्धि हो । सारा जनताले कुलमानलाई मात्र वाहीवाही गरे, हामीलाई गरेनन् भन्नुको कुनै तुक छैन । यो सरकारले यदि कुनै एउटा मात्र राम्रो काम गरेको देखाउनुप¥यो भने उदाहरणीय कुनै पनि त्यस्तो काम देखिँदैन । भ्रष्टाचारका ठूला काण्ड, भ्रष्टाचारका नाइके मन्त्रीहरुलाई संरक्षण, ठेक्कापट्टामा आप्mना वरिपरिलाई ऐन कानुन मिच्ने त सामान्य भए । तर देशलाई उज्यालो दिइरहेको व्यक्तिलाई निरन्तरता दिएँ भन्न पाउँदा सरकारका बाँकी अक्षमताहरु ढाकिन्थे, पुरिन्थे । त्यो अवसरबाट सरकार आपैm च्यूत हुन पुग्यो । लोकतन्त्र भनेको राम्रा र जिम्मेवार व्यक्तिलाई पुरस्कृत गर्ने पद्धति हो । तर, दुर्भाग्य नराम्रो काम गर्ने भ्रष्ट बिचौलिया पुरस्कृत हुने, राम्रा मान्छे बहिष्कृत हुने संस्कार यो सरकारले बसालेको छ । लोकतन्त्रका लागि यो राम्रो संकेत होइन । कुनै पनि सरकार आफैँमा राम्रो नराम्रो भन्ने हुँदैन । सरकारको मापन उसको कार्यक्षमता र कार्यसम्पादनबाट देखिन्छ । ओली यस मामिलामा चुकेका छन् ।

कुनै एक व्यक्तिको कारणले संस्था धराशायी हुने वा माथि उक्लने होइन भन्नेहरु पनि थुप्रै निक्लिए । एउटा प्रधानमन्त्री गतिलो परिदियो भने उसका सारा मन्त्रीहरु कुनै पनि हालतमा अगतिलो हुन सक्दैन । भइहालेछ भने त्यो खेल मैदानबाट आउट भइहाल्छ । हिजो गिरिजाप्रसाद कोइरालाको पालामा इमानदार मन्त्रीहरु टिक्न सक्दैनथे । जगन्नाथ आचार्य, शैलजा आचार्यजस्ता निष्ठावान् र मुलुकप्रति इमान भएका मन्त्रीहरु कसरी गहत्याइएका थिए कोइराला सरकारबाट ? अहिले तिनै झझल्को ओली सरकारले दिइरहेको छ ।

नेपालका अधिकांश सार्वजनिक संस्थान घाटामा छन् । कारण चरम राजनीतिकरण र भ्रष्टाचार । संस्थान प्रमुखको नियुक्तीमै करोडौं रकम असुल्न पल्केका यिनै राजनीतिक दलका नेता हुन् । अहिले प्राधिकरणमा गर्न खोजिएको पनि त्यही हो, जसले मोटो कमिसन अग्रिम रुपमा बुझाउँछ, ऊ नै प्रमुख हुन्छ । हिजो प्रकाश शरण महत ऊर्जा मन्त्री हुँदा फोरमको कार्यकर्ता प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए । पशुपति शमशेर जलस्रोत मन्त्री हुँदा कीर्तिचन्द ठाकुर तीनपटक कार्यकारी निर्देशक भए । त्यो पदमा बिराजमान गराएबापत ठाकुरले खिम्ती र भोटेकोसी भित्र्याए । जसबाट सत्ताधारीहरुले करोडौं कमीसन कुम्ल्याएका थिए । प्राधिकरणको इतिहासमा आजसम्म कमीसनबिना कार्यकारी निर्देशक नियुक्त भएका उदाहरण बिरलै भेटिन्छन् ।

कुलमान भएन भने के हुन्छ ? सूर्य थापाहरुको प्रश्न यही छ । हिजो कुलमानको ठाउँमा अरु हनुमान आएको भए नेपाली जनता अहिलेसम्म पनि लोडसेडिङमै हुन्थे । प्राधिकरणका भ्रष्ट कर्मचारीहरुले होटल र उद्योगहरुलाई बिजुली चोराइरहेका हुन्थे र डेडिकेटेड र ट्रंक लाइनमार्पmत लुकाइएको बिजुली दिइरहेका हुन्थे । त्यो जालो कुलमानले तोडे । त्यही जालो तोडेबापत सरकारले उनलाई पारितोषिक पनि दियो— पुनः नियुक्ती नगरेर ।

कुलमान निश्चय पनि स्वाभिमानी व्यक्ति हुन् । उनी कसैलाई खुसी पार्न जान्दैनन् । प्रणालीमा औपचारिक तवरले कुनै पनि काम गर्न बाँकी राख्दैनन् । अनौपचारिक तवरका काम उनी गर्दैनन् । उनले आप्mनो चार वर्षे कार्यकालमा छिसिक्क सानो गल्ती गरेको भए अहिले सूर्य थापाहरुले ३३ केजी सुन, निर्मला हत्या, वाइडबडी, ओम्नी, यति समूहको भन्दा ठूलो काण्ड बनाउँथे । तर, कुलमानले यस्तो गल्ती गरे, यो अपराध गरे भनेर निकाल्न सकेनन् । कारण, उनले कुनै बदमासी गरेकै छैनन् । यस्तो इमान र निष्ठा भएको व्यक्ति प्राधिकरणजस्तो भ्रष्टहरुको अखाडाले बिरलै पाउँछ ।

सरकारले आप्mनो गुमेको साख कुलमानलाई देखाएर जोगाउने मौका गुमाएको छ । अब कुलमानबाहेक जुनसुकै हनुमान आए पनि उनले जस्तो काम गर्न कसैले गर्न सक्दैन । किनभने, अब आउनेले पहिला नै बोलकबोल गरेर आउनेछन् । त्यही भएर कहीं कतै भ्रष्टहरुले पुनः जरा गाड्न नपाउन् भनेर जनताले यत्रो खबरदारी गरेका हुन् । अन्ततः यसले सरकारलाई मात्र होइन, नेकपालाई आगामी दिनमा राजनीतिक र जनताका नजरमा ठूलो क्षति पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्