काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा’ उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १०,००० उपहार प्रदान गरिने छ । कम्पनीका अनुसार यस अफर असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुने जनाएको छ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देश–विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागू नहुने जनाएको छ ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलियालगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने र कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने तथा मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।