काठमाडौं, १८ असोज ।
नेपाल प्रहरीका अवकाशप्राप्त डिएसपी साइबर अपराध मुद्दामा दोषी ठहर भएका छन्। पूर्वडिएसपी कृष्ण खड्कालाई साइबर अपराधमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको हो ।
फेसबुकबाट भाई बुहारी समुना खड्कालाई अश्लील गाली गरेको भन्दै उजुरी परेको थियो। सोही मुद्दामा उनलाई दोषी ठहर गर्दै अदालतले ५० हजार जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।
दुई वर्षअघि महानगरीय प्रहरी परिसर काठमाडौले उनीविरुद्ध मुद्दा चलाएको थियो । सम्पत्ति विवादको विषयमा झगडा भएपछि खड्काले भाई बुहारीविरुद्ध फेसबुकमा अश्लील शब्द प्रयोग गरी गालीगलौच गरेका थिए ।