Logo
Logo

सशस्त्रका हाकिमहरू छानबिनमा


- दृष्टि न्युज/संवाददाता

1.3k
Shares

काठमाडौं, २० असोज । सशस्त्र प्रहरी मुख्यालयले सीमा क्षेत्रमा कडा निगरानी बढाएको बताएपनि विभिन्न कार्यालयमा अनियमितता रोकिएको छैन । सशस्त्र प्रहरी बलको केही जिल्लामा कमान्ड फितलो भएको र राशनमा समेत अनियमितता हुने गरेको रिपोर्ट मुख्यालय सम्म पुगेको छ । नम्बर ४ गण सुनसरीका गणपति माधब पौडेलले कमाण्ड गर्न नसकेको , कर्मचारीको पिर मर्का तथा काल्याणकारी काममा ध्यान दिन नसकेको , मातहत बिओपीबाट मासिक रकम उठाएको उजुरी मुख्यालयमा पुगेको छ । उनी गणपति भएदेखिनै बिकृति बढेको एक कर्मचारी बताउँछन् ।

स्टाफ कलेज गरेको, लामो समय स्टाफ कलेजमा प्रशिक्षक बनेको गणपति पौडेल फिल्डमा भने असफल देखिएका छन् । केही दिनअघि सुनसरीको भन्टाबारी हुँदै एक किशारीलाई भारत पु¥याउँदासम्म सशस्त्र प्रहरीले जानकारी पाएको थिएन । भारतीय एसएसबीले पक्रेर बुझाइदिए पछि एसपि पौडेलले आफैँले पक्रेको जसरी हल्ला गरेका थिए । सुनसनरीमा सीमा नाका बलियो नभएको कुराको यो घटना एउटा उदाहरण हो ।

यसैगरी पाँचथरमा कार्यरत डिएसपी किशोरकुमार श्रेष्ठले संगठनको नीतिविपरीत अधिक मात्रामा बिदा छोडेर राशनमा अनियमितता गरेको श्रोत बताउंछ । उनीसमेत कमान्ड क्षमता नभएका अधिकृत हुन् ।

१८ नम्बर गुल्म दोलखाका डिएसपी बुद्धिनारायण महर्जनसमेत राशनमा अनियमितता गरेको उजुरी परेको छ । उनी पनि कमान्ड क्षमता नभएका अधिकृत मानिन्छन् ।

मनाङ गुल्ममा समेत अनियमितताको उजुरी परेको छ । मनाङमा डिएसपी होमनाथ पन्थी कार्यरत छन् । गफाडी र कमान्ड क्षमता नभएका पन्थीमाथि पनि छानबिन भइरहेको छ । फौजी अनुशासनसमेत नभएका उनले ठूलो संख्यामा कर्मचारी बिदामा छोडेर राशनमा अनियमितता गर्दै आएको स्रोत बताउँछ । लकडाउनको मौका छोपेर पहाडी गुल्मबाट व्यापक मात्रामा बिदा छोडिएको र जागिर सकिन लागेका बाहिनीपतिहरु मातहतबाट आर्थिकलाभ लिन तल्लिन देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्