Logo
Logo

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा कलाकार खड्का र गुरुङ नियुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ । नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदीप खड्का र अभिनेतृ कृष्टिना गुरुङलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङ अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो । नेपाली सिने जगत्का ख्यातिप्राप्त कलाकारद्वय खड्का र गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंकप्रतिको विश्वसनियतामा वृद्धि हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्