Logo
Logo

मुख्यमन्त्रीका स्वकीय सचिव काफ्लेलाई संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ असोज । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो ।
काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बसेकी छन् । कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुभिएको छ ।
सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको काफ्लेले बताएकी छन् । सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १० र १५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनको भनाइ छ । काफ्लेलाई संक्रमण भएपनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्