Logo
Logo

दुई सचिवको अवकाश, को– को बन्दैछन् सचिव ?


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, २१ असोज ।
बिहीबारबाट नेपाल सरकारका दुई सचिवले अवकाश पाएका छन् । पर्यटन मन्त्रालयमा कार्यरत केदार अधिकारी तथा सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत मोहनकृष्ण सापकोटाले सचिवको पाँच वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

अवकाश पाएका सचिव केदार अधिकारीलाई बिदाई गर्दै पर्यटनमन्त्री योगेश भट्टराई

उनीहरुसँगै सचिवमा बढुवा भएका शंकरदास बैरागी मुख्यसचिवमा बढुवा भएका छन् । अधिकारी र सापकोटा पनि मुख्यसचिवका दाबेदार थिए । तर, बैरागीको चाकडीका अगाडी उनीहरुको केही लागेन ।
अब तीन सचिवको पद रिक्त भएको छ । बैरागीको बढुवासँगै परराष्ट्रमा सचिव पद रिक्त भएको छ । जहाँ भरतराज पौड्यालले निमित्त सचिवको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, प्रशासनतफै दुई सचिवको रिक्त पदमा गोकर्णमणि दवाडी र मुकुन्द पौडेलको बढुवा हुने सम्भावना छ । केही दिपछि बढुवा सिफारिस समितिको बैठक बसेर तीन पदमा सिफारिस गर्ने तयारी छ । १ पद रिक्त हुँदा तीन बरिष्ठ सहसचिवलाई सिफारिस गर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्