काठमाडौं, २२ असोज ।
उपत्यकाका कोरोना संक्रमणको अवस्था भयाभह हुँदै गएको छ । बिहीबार काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै उच्च संक्रमण हो । अहिलेको दरले संक्रमण बढ्दै गए उपत्यकामा आधा भन्दा धेरैलाई कोरोना संक्रमण हुने जोखिम रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् ।