Logo
Logo

सुडानमा प्रहरीको नयाँ मिसन जाने, पहिलोपटक जेष्ठताको आधारमा छनोट


- दृष्टि न्युज/संवाददाता

2k
Shares

काठमाडौं ,२२ असोज ।
द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानको डार्फरमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्र्तगत नेपाल प्रहरीको नयाँ टोली जाने भएको छ । संयुक्त राष्ट्र संघले मिसन बन्द हुन सक्ने जानकारी गराएपनि नयाँ टोली पठाउने नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

 

United Nations police, from Nepal, attend an end of operations ceremony for the United Nations Stabilisation Mission in Port-au-Prince, Haiti, on Thursday, October 5, 2017. The UN peacekeeping mission in Haiti is coming to an official end on October 15. Immediately afterward, the UN will start a new mission made up of international civilian police officers and civilians.

नेपाल प्रहरीले डार्फरमा जाने नयाँ टोलीको छनोट पनि सकाएको छ । एसपी सुरेन्द्र मैनालीलाई एफपियु कमाण्डरका रुपमा छनोट गरिएको छ । यसपटक पूर्ण रुपमा ज्येष्ठतालाई आधार बनाएर छनोट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसपी मैनाली एसएसपी बढुवामै छुटेका सिनियर एसपी हुन् । कार्यालय सहयोगीसम्म सबै जेष्ठताको आधारमा छनोट गरिएको छ ।

विगतमा ज्येष्ठता, लिखित परीक्षा तथा उत्कृष्ट काम गर्नेहरुलाई पठाउने गरिएको छ । एफपियु मिसन छनोटसम्बन्धि मादपण्ड संशोधन गरी यसपटक पूर्ण रुपमा जेष्ठताका आधारमा पारदर्शी ढंगले छनोट गरिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।

यसअघि उत्कृष्ट काम गरेका प्रहरीलाई पनि मिसन कोटा राख्ने गरिएको थियो । उत्कृष्टको कोटामा नेताहरुको पिएसओ जाने भएपछि त्यो प्रावधान हटाइएको छ । एफपियूमा मिसनमा एक पटक मात्र प्रहरी जान पाउँछन् ।

राष्ट्रसंघीय शान्ति मिसन अन्र्तगत नेपाल प्रहरीको एउटा मात्र एफपियू मिसन छ । डार्फरमा एसएसपी मिरा चौधरीको नेतृत्वमा एक सय ८० जना प्रहरी कार्यरत छन् ।

त्यस्तै, कोरोना संक्रमणका कारण पर्यवेक्षक मिसनमा जाने प्रहरी रोकिएकोमा अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्