काठमाडौं, २३ असोज ।
परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।
परराष्ट्रका सचिव शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त भएपछि रिक्त पदमा पौड्यालको बढुवा भएको हो । उनीसहित सचिव पदमा सेवा लम्साल र अमृत राई प्रतिस्पर्धामा थिए ।