काठमाडौं, २३ असोज
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका नियुक्तिको निर्णय गरेको छ । बैठकले नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिम प्रकाश पौडेललाई नियुक्त गरेको छ । उनले यसअघि निगमको सुधार कार्यदल सदस्यका रुपमा काम गरेका थिए ।
त्यस्तै, लुम्बिनी विकास कोषको सदस्य–सचिवमा सानुराजा शाक्यलाई नियुक्त गरिएको छ । दुवै जना ४ वर्षका लागि नियुक्त भएका हुन् ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्मा नौ जना सदस्य नियुक्त गरिएको छ । हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी सदस्य नियुक्त गरिएको छ ।