धरान, २७ असोज । आफैँ जंगल पसेर काचो सखुवाको रुख काटेको काण्डमा फसेका धरान उपमहानगरपालिकाका मेयर तिलक राई अन्ततः वन कार्यालय र नेकपाका नेताहरुकै सहयोगले कारवाही हुनबाट जोगिए । गत वर्ष सम्पन्न भएको धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका नगरप्रमुख राईले गत भदौ १५ गते आफनै घर बनाउन धरान–२० स्थित भालुढुंगा सामुदायिक वनभित्रको काचो सखुवाको रुख काटन लगाएका थिए । बोक्रासहित २०८ क्युफिट काठ रहेको सो रुख काटेको काण्डमा नेपाली कांग्रेस सदस्य तथा भालुढुंगा सामुदायिक वनका कोषाध्यक्ष भीम बस्नेतलाई पक्राउ गरी वनको कारागारमा राखिएको छ ।
मेयर आफैँ भोलिपल्ट चार जना रुख काट्ने मान्छे र सामुदायिक वनका कोषाध्यक्ष भीम बस्नेतसहितलाई लिएर वन पसेर छानीछानी एक थान गतिलो रुख ढालेको कुरा सोही सामुदायिक वनका अध्यक्ष बुद्धिबहादुर राईले इलाका वन कार्यालयमा मेयरको नामै उल्लेख गरेर किटानी जाहेरी हालेका छन् । विद्युतीय आरा प्रयोग गरी काटिएको सो रुख ११ टुना र बोक्रासहित २०८ क्युफिट रहेको वन अधिकृत रामेश्वरप्रसाद साहको टोलीले मुुचुल्का उठाएको छ ।
विद्युतीय आरा प्रयोग गरी रुख काट्ने चार जना मजदुरहरुलाई भने धरौटीमा छाडिएको इलाका वन कार्यालय धरानले बताएको छ । आफूलाई विष्ण्ुापादुकामा काठैकाठको घर बनाउन काठ चाहियो भनी भदौ ११ गते काठमाडौँ रहेकी आमा मनु राईको नाममा सामुदायिक वन उपभोक्ता समितिसमक्ष निवेदन दिएका थिए । तर सो निवेदनउपर समितिले कारवाही गर्न नपाउँदै मेयर आफैँ भोलिपल्ट चार जना रुख काट्ने मान्छे र सामुदायिक वनका कोषाध्यक्ष भीम बस्नेतसहितलाई लिएर वन पसेर छानीछानी एक थान गतिलो रुख ढालेको कुरा सोही सामुदायिक वनका अध्यक्ष बुद्धिबहादुर राईले इलाका वन कार्यालयमा मेयरको नामै उल्लेख गरेर किटानी जाहेरी हालेका छन् । विद्युतीय आरा प्रयोग गरी काटिएको सो रुख ११ टुना र बोक्रासहित २०८ क्युफिट रहेको वन अधिकृत रामेश्वरप्रसाद साहको टोलीले मुुचुल्का उठाएको छ ।
मेयरले गल्ती स्वीकारे तर सोधपुछसम्म भएन
मेयर आफँै मान्छे लिएर वनमा पसी रुख ढालेपछि गाउँमा ठूलो हल्लीखल्ली मच्चिएको थियो । सोही दिन साँझ वन उपभोक्ता समितिका अध्यक्ष बलबहादुरको घरमा मेयर राई पुगेर गाउँलेहरुसमक्ष माफी मागेका थिए । जसको अडियो रेकर्ड सामाजिक सञ्जालमा पनि निस्किएको छ । सो रेकर्डमा मेयर राईले आफूलाई घर बनाउन काठ चाहिएकाले धरान–१९ का केही भाइहरुलाई रुख काट्न लगाएको स्पष्ट बताएका छन् । आफूले रुख काट्न लगाएर गल्ती गरेकाले माफ दिनु होला काठचाहिँ दिनुभए लान्छु नत्र लान्नसम्म भन्न भ्याएका छन् ।
स्थानीय एक समितिका सदस्यले नै रेकर्ड गरेको भिडियो सार्वजनिक हुनु एक दिनअघि नगरप्रमुख राईले नगरपालिकाको लेटरप्याडमा आफू र सामुदायिक वनका कोषाध्यक्ष भीम बस्नेत सो वनभित्र कहिल्यै नपसेको बरु आफूलाई बदनाम गराउन स्थानीय केही साथीहरुले षड्यन्त्र गरेको उल्टो आरोप लगाएका छन् । तर कोषाध्यक्ष बस्नेतले आफूले नै उक्त काठ काट्न लगाएको बयान दिँदै वन कार्यालयसमक्ष एक हप्तापछि आत्मसमर्पण गरेपछि मेयरलाई झन् अप्ठयारो स्थिति सिर्जना भएको थियो । बस्नेतले आफू दोषी भएको बताएपछि मेयरले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेखित कुरा झुटा सावित भएको छ ।
यसबारेमा मेयरसँग प्रतिक्रिया लिन खोज्दा उनले यो सबै कुरा आफूलाई थाहा नभएको भनी पन्छिएका थिए । “आफूले प्रेस विज्ञप्तिमा उल्लेख गरेको कुरा झुटो सावित भएपछि नैतिकताका आधारमा पनि उनले राजीनामा दिनुपथ्र्याे तर त्यसो नगरेर उनी आफुलाई बचाइदिनुप¥यो भन्दै मुख्यमन्त्री शेरधन राई, नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यलगायत सबै नेकपाका नेताहरुको घरघर गएर गुहार मागिरहेको नेकपाका एक स्थानीय नेताहरु बताउँछन् । यता मेयरलाई कारवाही गर भनेर स्थानीय जनताहरुले दबाब दिन थालेपछि जिल्ला वन कार्यालय सुनसरीका कावा डिएफओ ज्ञान लामाले यदि मेयरलाई कारवाही गर्ने दबाब आउछ भने तपाईँहरुले विगतमा गरेका यस्ता कामको फाइल पनि बिउँझाउँछु भनेपछि उनीहरु साइड लागेको वन सूत्रले पत्रकारलाई बताएका छन् ।