काठमाडौं, २७ असोज ।
केन्द्रीय नेताहरुको हस्तक्षेपपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । मन्त्रिमण्डल पुनर्गठन गरेर विवाद समाधान गर्न लागिएको छ ।
नेकपाका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । खासगरी माधव कुमार नेपाल निकट नेताहरुले अविश्वासको प्रस्ताव अघि बढाएका थिए ।
त्यस विषयमा सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच समेत छलफल भएको थियो । नेता माधव नेपाल तथा सुवास नेम्वाङ लगायतको सक्रियतापछि अविश्वासको प्रस्तावबाट नेताहरु पछि हटेका छन् ।
केही दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने भएको छ ।